🔴 ताजा खबर
📅 मङ्गलबार, 03 नोभेम्बर 2026
जनआवाज
Business

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

A
Admin User
| 🗓 2026-11-03 | ⏰ एक घण्टा अगाडि | 👁 4 पटक पढियो | 💬 0 टिप्पणी
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पा — दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जनामध्ये दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ।
डोल्पा — दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जनामध्ये दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। गत कात्तिक १४ गते बिहान ठूलीभेरी नगरपालिका–३, दुनैस्थित कारागारबाट छ कैदी र दुई थुनुवा फरार भएका थिए। उनीहरूको खोजीका क्रममा प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कामी र रेशम रानालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० निवासी ३२ वर्षीय कामी र सल्यानको कुमाख गाउँपालिका–५ निवासी २८ वर्षीय राना छन्। १८ वर्ष कैद सजाय पाएका कामीको १३ वर्ष र १२ वर्ष सजाय पाएका रानाको नौ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी डोल्पा कारागार ल्याइँदै छ। फरार अन्य चार कैदी र दुई थुनुवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

💬 टिप्पणीहरू (0)

टिप्पणी गर्न खाता आवश्यक छ

लगइन गर्नुहोस् दर्ता गर्नुहोस्
💬

अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो बन्नुहोस्!