🔴 ताजा खबर
📅 शनिबार, 31 अक्टोबर 2026
जनआवाज
Technology

रास्वपाको सचिवालय बैठक आज बस्दै, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे छलफल हुने

A
Admin User
| 🗓 2026-10-31 | ⏰ 2 घण्टा अगाडि | 👁 3 पटक पढियो | 💬 0 टिप्पणी
रास्वपाको सचिवालय बैठक आज बस्दै, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे छलफल हुने

रास्वपाको सचिवालय बैठक आज बस्दै, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा मुलुकको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम, पार्टीको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठन थप सुदृढ बनाउने विषयमा पनि छलफल हुनेछ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएका भेटवार्ता तथा राजनीतिक परामर्शले राजनीतिक वृत्तमा चर्चा पाएको छ। विशेषगरी संघीय निजामती सेवा विधेयक तथा प्रस्तावित अध्यादेश, नेपाल प्रहरीको नेतृत्व, राजनीतिक नियुक्ति र सरकारका आगामी निर्णयका विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ। त्यस्तै, प्रमुख प्रतिपक्षी दलहरूबाट सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै तिहारपछि आन्दोलन गर्ने चेतावनीसमेत आइरहेको छ। सरकारका कामकारबाही, प्रशासनिक सुधार, सुशासन र राज्यका विभिन्न निकायमा देखिएका विवादले पनि पछिल्लो राजनीतिक वातावरणलाई प्रभावित पारेको छ। यसैबीच, पछिल्लो समय सञ्चारकर्मी पक्राउ प्रकरणले पनि राजनीतिक वृत्तमा चर्चा पाएको छ। समाचार सामग्रीका विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घटनाप्रति रास्वपाकै मुख्य सचेतक प्रकाशचन्द्र परियारले आपत्ति जनाउँदै सरकारसँग घटनाको छानबिन गर्न माग गरेका छन्। प्रधानमन्त्री शाहले समेत पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सरकार गठनपछि सार्वजनिक सेवा प्रवाह, प्रशासनिक सुधार, सुशासन र राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढाउने विषयमा सरकारमाथि अपेक्षा र चुनौती दुवै बढिरहेका बेला रास्वपाको यो बैठकलाई चासोका साथ हेरिएको छ। बैठकमा सरकारका पछिल्ला कामकारबाहीको समीक्षा, पार्टी र सरकारबीचको समन्वय, समसामयिक राजनीतिक विषय तथा आगामी कार्यदिशाबारे छलफल हुन सक्ने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

💬 टिप्पणीहरू (0)

टिप्पणी गर्न खाता आवश्यक छ

लगइन गर्नुहोस् दर्ता गर्नुहोस्
💬

अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो बन्नुहोस्!