२६ कात्तिक । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका हुन्।
काठमाडौं जिल्ला अदालतले उनलाई रिहा गर्न कारागार कार्यालयलाई पत्राचार गरेको थियो।
रायमाझीलाई २०८० वैशाख २० गते पक्राउ गरिएको थियो। अदालतले उनलाई उक्त प्रकरणमा चार वर्ष कैद सजाय सुनाएको थियो।
