JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको थियो । बाँकी पहाडी र तराईका भूभागमा भने मौसम सफा रहेको थियो ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ । कोशी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →