JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणमा प्लेअफको दौड रोमाञ्चक बन्दै गएको छ। लिग चरणका खेलहरू निर्णायक चरणमा प्रवेश गर्दा आज बिहीबार दुई महत्वपूर्ण खेल हुँदैछन्। आजका दुवै खेलले शीर्ष चारको समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
हालको अंकतालिकामा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। लुम्बिनी लायन्स ७ अंकसहित तेस्रो तथा चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा छन्। त्यसपछि जनकपुर बोल्ट्स, विराटनगर किङ्स र कर्णाली याक्सको समान ४–४ अंक छ भने पोखरा एभेन्जर्स २ अंकसहित आठौँ स्थानमा छ।
विराटनगर र पोखराबीच पहिलो भिडन्त
आज दिउँसो १२:३० बजे विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ। ५ खेलबाट ४ अंक जोडेको विराटनगर छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना कायम राख्न विराटनगरका लागि आजको खेल जित्नैपर्ने अवस्थामा पुगेको छ।
अर्कोतर्फ, पोखरा ५ खेलबाट २ अंकसहित तालिकाको पुछारमा छ। कर्णाली याक्समाथि अघिल्लो खेलमा ६३ रनको शानदार जित निकालेपछि पोखरा आत्मविश्वासका साथ मैदान उत्रिँदैछ।
साँझ कर्णाली र लुम्बिनी आमनेसामने
आजै बेलुका ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबीच अर्को महत्वपूर्ण खेल हुनेछ। ५ खेलबाट ४ अंक जोडेको कर्णाली सातौँ स्थानमा छ। प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेलमा जित आवश्यक छ।
तर, तेस्रो स्थानमा रहेको लुम्बिनी ७ अंकसहित बलियो अवस्थामा छ। आज कर्णालीलाई पराजित गर्न सके लुम्बिनीले शीर्ष चारमा आफ्नो स्थान अझ सुरक्षित बनाउनेछ।
आजका दुवै खेलमा जित निकाल्ने टोलीका लागि प्लेअफ यात्रा सहज बन्नेछ भने पराजित हुने टोलीमाथि दबाब थपिनेछ। त्यसैले NPL को प्लेअफ समीकरणमा आजका दुई खेल निकै महत्वपूर्ण मानिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →