JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएलमा आज दुईवटा खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स र दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

५ खेल खेलेको काठमान्डु ४ मा जित र एकमा हारसहित अंक तालिकाको दोस्रो स्थानमा छ। ६ खेल खेलेको सुदूरपश्चिम ४ मा जित र दुईमा हार बेहोर्दै तेस्रो स्थानमा छ।

चितवन ५ खेलमा २ मा जित, २ मा हार र एकमा बराबरी अंकका साथ पाँचौ स्थानमा र ६ खेलमा ४ खेल हारेको जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →