JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

मस्को । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि ‘ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्नुभएको छ।

पुर्व प्रधानमन्त्री प्रचण्डले विश्व इतिहास संवेदनशील मोडमा रहेको बताउँदै राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वतन्त्रता अपरिहार्य रहेकोमा जोड दिनुभएको छ। रसियाको सत्तासीन दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधिको सहभागिता रहेको छ।

सम्मेलनमा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए। संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र नेपाली जनताको तर्फबाट आयोजकप्रति आभार व्यक्त गर्नुभएको छ।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता तय गर्न स्वतन्त्र नभएसम्म साँचो अर्थमा कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण नहुने बताउनुभएको छ। संसार बहुध्रुवीय विश्व व्यवस्थातर्फ गएको औल्याउँदै संयोजक प्रचण्डले भन्नुभयो- ‘ बाह्य हस्तक्षेपबिना भविष्य निर्धारण गर्ने अधिकार हरेक राष्ट्रलाई छ। सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित व्यवस्था बन्नुपर्छ।’

सम्मेलनमा प्रचण्डले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत् नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको स्मरण गराउनुभयो। छिमेकी मुलुकसँगको सम्बन्धबारे प्रचण्डले भन्नुभयो,-‘ भारत र चीनको बीचमा रहेको सार्वभौम, भू-परिवेष्ठित विकासोन्मुख देशको रूपमा नेपाल स्वतन्त्र, असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ।’ प्रचण्डले नेपालको भूगोल भू-राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल नभएर सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्नेमा जोड दिनुभएको छ।

रसियासँगको दीर्घकालीन मैत्रीपुर्ण सम्वन्धको कदर गर्दै प्रचण्डले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिमा सहकार्य थप सुदृढ गर्न चाहेको स्पष्ट पार्नुभयो। सम्बोधनको अन्त्यमा प्रचण्डले भन्नुभयो,-‘ कुनै पनि राष्ट्र अर्काको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहुन् र विकासको अधिकारबाट कोही वञ्चित पनि नहुन्।’

प्रचण्डले स्वतन्त्रता, शान्ति र सामाजिक न्यायका लागि सङ्घर्षरत जनसमुदायप्रति ऐक्यबद्धता समेत व्यक्त गर्नुभएको भ्रमणमा सहभागी रहनुभएका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जनाउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →