JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

नेपाली कांग्रेसले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरेको छ।

सभापति गगनकुमार थापाको निर्देशनमा वरिष्ठ नेताको हैसियतमा प्रयोग गर्न मिल्ने गरी दुईवटा कोठा छुट्याइएको स्रोतले जनाएको छ। ती कार्यकक्ष उपसभापति मधु आचार्यको कोठाअगाडि तयार पारिएका छन्।

यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्रीहरूले प्रयोग गर्दै आएका कोठा खड्का र कोइरालाका लागि छुट्याइएको हो। नयाँ सहमहामन्त्रीहरूका लागि भने पार्टी कार्यालयको पुस्तकालय रहेको हलमा कार्यकक्ष व्यवस्थापन गरिएको छ।

कांग्रेसका सहमहामन्त्रीहरूले पनि दुवै नेताका लागि छुट्टाछुट्टै कार्यकक्ष छुट्याइएको पुष्टि गरेका छन्। पार्टीका वरिष्ठ नेताहरू कार्यालय आउँदा सहज रूपमा बस्न र काम गर्न सकून् भन्ने उद्देश्यले व्यवस्था गरिएको उनीहरूको भनाइ छ।

यता उपसभापति मधु आचार्यले भने कार्यकक्ष पूर्ण रूपमा तयार भइनसकेको बताएका छन्। उनले पार्टीभित्र एकता कायम गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको र खड्का तथा कोइरालासँग संवाद भइरहेको जानकारी दिए।

यसअघि १४औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि कोइरालाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए। तर, कोइरालाले उक्त कार्यकक्ष प्रयोग गरेका थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →