JANAAAWAJ
तपाईंको आवाज, हाम्रो खबर

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्।

प्रचण्ड प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्यसहित शुक्रबार रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेका हुन्। उनीहरू रुसी समयअनुसार आज राति साढे ११ बजे मस्को पुग्ने कार्यक्रम छ।

मस्कोमा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ (फर द फ्रिडम अफ नेसन्स) शीर्षकको विश्व सम्मेलनमा प्रचण्ड सहभागी हुनेछन्।

अखिल रूसी राजनीतिक दलको आयोजनामा हुने सम्मेलनमा विश्वका विभिन्न देशका कम्युनिस्ट नेताहरू सहभागी हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

JANAAAWAJ • CONTACT US

हामीसँग सम्पर्क गर्नुहोस्

तपाईंको आवाज, हाम्रो प्राथमिकता। तपाईंका सुझाव तथा प्रतिक्रियालाई हामी स्वागत गर्दछौँ।

☎

फोन सम्पर्क

हामीसँग प्रत्यक्ष कुराकानी गर्नुहोस्।

फोन गर्नुहोस् →
✉

इमेल ठेगाना

mediajanaawaj@gmail.com

इमेल पठाउनुहोस्
📍

हाम्रो ठेगाना

गोरखा, नेपाल

Google Map →
f

Facebook Page

हाम्रो Facebook Page मा जोडिनुहोस्।

Facebook Follow →