काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उक्त टोली आइतबारदेखि चीन भ्रमणमा जान लागेको हो। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका विभिन्न सहर बेइजिङ, हाङचोउ र सिचुवानको भ्रमण गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा टोलीले नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई), कृषि आधुनिकीकरणलगायतका विषयमा अध्ययन तथा अवलोकन गर्नेछ। साथै, नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरिने जनाइएको छ।
भ्रमणले दुई देशबीचको आपसी समझदारी, अनुभव आदानप्रदान र सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
