काठमाडौं, पुस १७ । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको सरुवा भएको लामो समय भइसक्दा पनि उनले चितवन छाडेका छैनन् । यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुख समेत रहेका मल्लको सरुवा राजधानीको विमानस्थलमा भएको भएता पनि उनी सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन ठाडो निर्देशन दिएको स्रोतले जनाएको छ ।

मल्लसहित २४ एसपीको पुस ४ गते सरुवा भएको भएता पनि सबै एसपीहरुले सरुवा भएको स्थानमा पुगेर हाँजिर गरिसकेको अवस्थामा मल्ल भने चितवनमा नै रहेका बेला प्रदेश प्रहरी कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन आदेश दिएको हो । मल्लले राजनीतिक संरक्षणको आडमा माथिल्लो तहको निर्देशन यसअघि पनि पटकपटक उपेक्षा गर्दै आएका समाचारहरु यसअघि पनि प्रकाशनमा आएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार १७ पुस, २०७६