काठमाडौं । हाम्रो समाजमा अहिले पनि धेरै कुराहरु अन्धविश्वासमा अड्केका छन् । हामीले विश्वास गर्न नहुने केही कुराहरुमाथि विश्वास गर्ने गर्छौ । नेपाल मात्रै नभई विश्वका धेरै देशहरुमा यस्तो दृश्य देख्न पाइन्छ । यस्तै भारत पनि एक देश हो जहाँ अन्धविश्वासले जरा गाडेको छ । केही दिनअघि लागेको सूर्यग्रहणको विषयमा हामी सबैलाई थाहा छ ।

नेपालमा मात्र होइन, भारतमा पनि यो सूर्यग्रहणलाई विशेष रुपमा लिइयो । तर, भारतकै कर्नाटकको सुल्तानपुर भन्ने ठाउँमा चाहिँ चार बच्चाहरुलाई माटोमा गाडिएको द’र्दनाक घटना बाहिर आएको छ । यी चार बच्चाहरु अपाङ्ग थिए । उनीहरुलाई ठिक हुन्छ भन्ने अन्धविश्वासका साथ यस्तो काम गरिएको थियो । यो विषयमा थाहा पाएपछि प्रहरी र त्यहाँको प्रशासनले बच्चाहरुलाई त्यसरी गाडिएको ठाउँबाट निकाल्यो ।

भारतीय मिडिया लाइभ हिन्दुस्तानमा आएको समाचारअनुसार अहिले प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको छ । यी बच्चाहरुका अभिभावकले अस्पतालमा लामो समय देखि उपचार गर्दा पनि उनीहरुलाई ठिक नभएको र सूर्यग्रहणमा उनीहरुलाई गाड्दा ठिक हुने विश्वासका साथ यस्तो गरिएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार