काठमाडौ । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विज्ञहरुका अनुसार मोबाई चार्ज गर्दै चलाउँनु भनेको सबैभन्दा घातक छ ।

यस्तो गलत कार्यबाट जतिबेलापनि करेन्ट लाग्नसक्ने वा पड्कीएर झनै अरुलाई समेत जीवन लिनसक्ने भएकाले यस्तो गलत कार्य नगर्न अपिल गरिएको छ । यो सन्देश सक्दो रुपमा सेयर गरेर सचेत गराउँ । बारम्बार भनौँ की चार्ज गरिरहेका बेला मोबाईल कतिबेलापनि चलाउँनु हुन्न ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार