काठमाडौं । भोली सार्वजनिक विदा हो कि होईन भन्ने प्रश्न सबैको मनमा उब्जेको छ । पछिल्लो जानकारी अनुसार भोली सार्वजनिक विदा हो । तर यस अघि भनिएजस्तो देशभर भने विदा दिइएको छैन । सरकारले नेवार र किराँती समुदायलाई बिहीबार बिदा दिएको जानकारी दिएको छ ।

भोली पर्न गएको यःमरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । तर सरकारले सार्वजनिक बिदा घोषणा भने गरेको छैन ।

सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले स्पष्ट पार्नुभयो । क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार