काठमाडौं । बाँकेको कोहलपुर आइतबार दिनभर तनावग्रस्त रहयो ।

बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

घटनापछि आक्रोशित भएका स्थानीय र विद्यार्थीले ट्रकमा आजगनी गरेका छन् भने आधा दर्जन अन्य गाडीसमेत तोडफोड गरे ।

यसक्रममा प्रहरीले गोली चलायो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ३० राउण्ड हवाइ फायर मात्र गरेन स्कूले विद्यार्थीलाई नै गोली हान्यो ।

झडपका क्रममा स्थानीय त्रिभुबन माबि कक्षा ९ मा अध्यनरत शुसील थापाको टाउकोमा गोली लाग्यो ।

गोली लागेपछि थापालाई उनका साथीहरुले मोटरसाइकलमा राखेर अस्पतालतर्फ दौडाए ।

टाउकोबाट रगत बगिरहेको र अस्पतालतर्फ दौडाइरहेको थापाको सोही भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

पत्रकार रविन्द्र सिंह ठकुरीले पोष्ट गरेको भिडियो र फेसबुक स्टाट्स एकाएक भाइरल बनेको हो ।

बिद्यार्थीहरुको राजनिति गर्ने बिद्यार्थीनेताहरुले यि बिद्यार्थीबाट केहि सिक्दा हुन्छ । आफ्नै बिद्यालयमा पढ्ने बिद्यार्थी बहिनी माथी ट्र्कले आक्रमण गरे पछि रगत दिन पनि पछि परेनन् त्रिभुबन मा.बि कक्षा ९ मा अध्यनरत शुसिल थापा यिनै बिद्यार्थीलाई प्रहरी प्रशासनले गोलि प्रहार गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार