काठमाडौं । यात्रुसहितको बस दुर्घ’टनामा परेको छ । झापाको विर्तामोडमा आज बिहान यात्रु बस दुर्घ’टना भएको हो । यस दुर्घ’टनामा १३ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोड सडक खण्डको रेखा पुल छेउ नजिक दुर्घ’टना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

झापाको दमकबाट वनभोजका लागि इलामको कन्यामतर्फ गइरहेको ना.६ ख ६१८१ नम्बरको बस दुर्घ’टनाग्र’स्त भएको हो । दुर्घ’टनामा परेर घाइते भएकाहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घ’टनामा परी घाइते हुनेहरुमा दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल, दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।

बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बू पनि घाइते भएका छन् । दुर्घ’टनाको कारण खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार