बन्दुकको रानीको रूपमा एक युवती निकै चर्चामा छिन। उनि हुन इजरायलकी महिला सैनिक ओरिन जुली । उनले आफ्नो देशको हातहतियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी चर्चामा आएकी हुन् । ३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा लडाकू सैनिकको रुपमा काम गरेकी ओरिन जुलीलाई बन्दुककी रानी भनेर चिनिन्छ ।

जुली पूर्णरुपमा प्रशिक्षित सैनिक हुन् । तर, उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मुस्किल छ कि यति सुन्दर युवती यति खतरनाक पनि हुन सक्छिन् । जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ । तर अहिले भने उनले सैन्य सेवा छाडिसकेकी छिन् । जुलीले एक हतियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गरेकी छन् । यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ ।

हेरौं उनका नीकै फरक तर हट तस्विर –

यो पनि पढ्नुहोस
‘म जस्ती आमाको दूध खाएकी छोरीले पनि देशका लागि स्वर्ण जित्न सक्ने रहिछ’

उसले हिँड्न कहिले जानिन, जहिले कुद्ने मात्रै । यस्तो कीर्तिमान बनाउन पो रहेछ, देशको नाम उचो बनाउन कुद्ने रहिछ उ, हामीले भने जहिले सुस्त हिँड्न छोरी भनिरह्यौँ ।’दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी सन्तोषी श्रेष्ठका पिता विष्णुकुमार श्रेष्ठको भनाई हो यो ।

सन्तोषीले मंगलबार दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा भारतकी कविता यादवलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण पदक जितेकी हुन्।सन्तोषीले स्वर्ण जित्दाको क्षण उनकी आमा लक्ष्मीदेवी श्रेष्ठ पनि त्यहिँ थिइन् । ‘छोरी पहिलो भएको र स्वर्ण पदक जितेको थाहा पाएपछि आँसु

झरेछ, त्यो खुशीको आँसु थियो’ सन्तोषीकी आमा लक्ष्मीदेवीले भनिन्, ‘हिजो भन्दाअघि सम्म हाम्री छोरी हो जस्तो लाग्थ्यो, अब चाहिँ उ हाम्री मात्रै होइन देशकी छोरी रहिछ भन्ने थाहा भयो ।’मंगलबार भएको प्रतिस्पर्धामा स्वर्ण जितेकी सन्तोषीलाई बुधबार रंगशालामा विशेष कार्यक्रमका गरी पदक वितरण गरियो ।

सो समारोहमा उपस्थित रहेकी आमा लक्ष्मीदेवीले भनिन्, ‘म जस्तो आमाको दूध खाएको छोरीले पनि देशका लागि स्वर्ण पदक जित्न सक्ने रहिछ भन्ने लागेको थियो हिजो उसले पदक जितेको थाहा पाएपछि ।’ सन्तोषीका पिताले भने, ‘उसले प्राप्त गरेको यो सबै सफलता उसको व्यक्तिगत मेहनतको फल हो । पढाइमा राम्री थिइ, काम पनि गर्ने, त्यसपछि बाँकी रहेको समयमा गरेको प्रशिक्षणबाट उसले स्वर्ण पदक जितेकी हो ।’

उनले भने, ‘विभागीय टोलीमा भएको र त्यहाँ जस्तो नियमित प्रशिक्षण लिन पाएको भए उसले शायद अझै राम्रो गर्ने थिइ ।’धादिङमा हुँदा उकालो–ओरालो गर्दा पनि सन्तोषीले हिँड्ने नभइ कुद्ने गरेको र त्यो सबै आजको दिन देख्नका लागि रहेछ भन्ने लागेको उनले उनले बताए।

मंगलबार भएको प्रतिस्पर्धामा सन्तोषीले १० हजार मिटरको दूरी ३५ मिनेट ०७.९४ सेकेण्डमा पूरा गरेर स्वर्ण जितेकी हुन् ।भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समयमा दौड पूरा गरेर कास्य पदक हात पारिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

अमेरिकन आइडलको टप-७ मा दिवेश पोखरेल
  • शुक्रबार २० मङ्सिर, २०७६