काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि प्रतिकृया जनाउनु भएको छ । उहाँले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको स्पष्ट पार्नुभयो । मुलुकको अहित चाहनेहरूले विभिन्‍न चलखेल गरिरहेको उहाँका दाबी छ ।

धार्मिक भ्रमणमा तानसेन पुग्नु भएका शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि यस्तो कुरा बोल्नु भएको हो । उहाँले पछिल्लो समयमा आसुरी शक्तिको बाहुल्यता बढेको भन्दै सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आशा छ, यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ। हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ।

सबै नेपालीको सम्बन्ध भाइचाराको बन्‍नुपर्छ ।’ नेपाल र नेपालीहरुको हितका लागि आफुले प्राथना गरिरहेको उहाँले खुलाउनुभयो । अहिलेको परिस्थिति अलि अप्ठेरो अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले देशमा शान्ति नभएसम्म सबै नेपाली ढुक्क भएर बाँच्‍न नपाइने कुरा पनि स्पष्ट पार्नुभयो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार