काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका–७ भिङगिठे घोपर्नामा जीप दुर्घटना हुँद १४ जनाको ज्यान गएको छ। गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान ९ बजेर ४५ मिनेट जाँदा बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईले जानकारी दिए।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको ज्यान गएको हो ।

उक्त दुर्घटनामा परी अन्य एक जना बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रनाउ भट्टराईले बताए। ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • मङ्गलबार १७ मङ्सिर, २०७६