काठमाडौं। विरामीलाई बला’त्कार प्रयास आरोपमा मेडिसिटीका चिकित्सक पक्राउ परेका छन् । उपचार गराउन आएका बिरामीमाथि बला’त्कार प्रयास गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा रहेका छन् ।

पीडित ३० वर्षीया महिलाले दिएको किटानी जाहेरीपछि प्रहरी परिसर, ललितपुरले उनलाई पक्राउ गरेको हो । पीडित महिला अस्पतालमा स्वास्थ्य परीक्षणमा गएको बताइएको छ । प्रहरीले मंगलबार अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • सोमबार १६ मङ्सिर, २०७६