१३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गरेको छ । माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् ।

उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँई ६ विकेट लिएर नयाँ विश्वकीर्तिमान बनाएकी हुन् । यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार