काठमडौं । पोखरामा आज एक ताइवानी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ३०२५३५२७७ भएको ५७ वर्षीय युचाङ छिङको मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ । अन्नपूर्ण आधार शिविरको पदयात्राबाट फर्किएका उहाँ आज बिहान घान्द्रुकको टाडापानी आइपुग्नु भएको थियो ।

उहाँ मङसिर ८ गते पदयात्राका लागि पोखराबाट अन्नपूर्ण आधारशिविर जानुभएको थियो । आज बिहान अचानक छाती दुख्न थालेपछि उहाँका साथीहरुले प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याएर भर्ना गरेको थियो । उहाँको उपचारको क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • आईतबार १५ मङ्सिर, २०७६