काठमाडौं । उपनिर्वाचनमा मतदान सुरु भैसकेपछि ठाउँ ठाउँमा ब’म वि’ष्फोट भएका घटनाहरु बाहिर आएका छन् । आज बिहानै वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा ब’म बि’स्फोट भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा शनिबार बिहान बि’स्फोट भएको हो । आज बिहान ठूलो बि’स्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

यता कास्कीमा आज पनि विष्फोट भएको छ । पोखरा–२ मतदान केन्द्र नजिकै ब’म बि’स्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा ब’म बि’स्फोट भएको हो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै ब’म बि’स्फोट भएको प्रहरीले जनाएको छ । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा ब’म बि’स्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै ब’म बि’स्फोट भएको जानकारी दिइएको छ ।

दुबै घटनामा कुनै क्षति भने नभएको जानकारी दिइएको छ । कसले के बि’स्फोट गराएको हो भन्ने खुलेको छैन । विष्फोटबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शनिवार १४ मङ्सिर, २०७६