काठमाडौं । भारतले पटकपटक नेपालको सीमा अतिक्रमण गरेका खबरहरु आउँने गर्छन । नेपाली पक्षले पनि भारतलाई जवाफ फर्काएका खबरहरु पनि नआएका होईनन् तर कम भने आइरहेका हुन्छन् । सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले देखाएको दादागिरीबारे भने चर्चा भइरहेको हुन्छन । तर यो पटक सार्वजनिक भएको खबरले भने सिंगो नेपाललाई गौरव लाग्नेछ ।

भएको के भने, सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शुक्रबार १३ मङ्सिर, २०७६