भारतले बेला–बेला गौतम बुद्ध भारतमा जन्मिएको भन्दै सार्वजनिक अभिव्यक्ति नै दिने गरेको छ । जसका कारण विभिन्न देशमा लुम्बिनीबारे गलत प्रचार भइरहेको छ । यसैक्रममा शुक्रबार बुद्धको जन्मभूमि लुम्बिनीमै गलत ब्यानर देखिएको छ ।

विदेशी पर्यटकहरुले लुम्बिनीमा फोटो खिच्ने ठाउँ, जहाँ ‘Welcome to India the holy land of Buddha’ अर्थात् बुद्धको पवित्र जन्मभूमि भारतमा स्वागत छ, लेखिएको छ । केही पर्याटकहरु यस ब्यानर अगाडि राखेर फोटो खिचिरहेका थिए । जहाँ चीन र अमेरिकाका पर्यटकहरुरु थिए । यी पर्यटकहरुलाई एक भारतीय पथ प्रदर्शकले लुम्बिनी भ्रमणमा ल्याएका थिए । जुन व्यानर देखेपछि त्यहाँ घुम्न आएका पर्यटकहरुलाई त्यहाँका स्थानीयहरुले रोकेका थिए ।

जसका कारण बीचमा केहीबेर विवाद पनि भएको थियो । विभिन्न देशका पर्यटकलाई लुम्बिनी घुमाउन ल्याएका भारतीय गाइडले पर्यटकलाई लुम्बिनी भारतमा पर्छ भन्दै गलत जानकारी गराएका रहेछन् । पछि स्थानीयले ती गाइड र पर्यटकलाई प्रहरीसमक्ष बुझाएका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई सामान्य कागज गरेर छाडेको छ । यहाँ लुम्बिनी घुमाउन ल्याएका भारतीय गाइडको गलत नियत प्रस्ट देखिन्छ । भारतीयहरुको यस्तै गलत नियतका कारण बिश्वमा लुम्बिनीबारे गलत प्रचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • आईतबार ८ मङ्सिर, २०७६