काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको नाम अहिले सामाजिक कार्यहरुमा धेरै आउँन थालेको छ । उहाँले गर्ने सामाजिक कार्यले सबैको मन जितेको छ । यस्तै, आज शाहले राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ । काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।

छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गर्नु भएको थियो । बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार