गुल्मी, मंसिर ४-गुल्मीकी १७ वर्षीया पूजा अर्याल चार चीनदेखि सम्पर्कविहिन भएकी छिन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी पूजा त्यसपछि परिवारको सम्र्पकमा नआएपछि परिवारले प्रहरी गुहार्न बाध्य भएको छ । पूजाका बाबु नारायण अर्यालका अनुसार पूजाले इस्मा गाउँपालिका–४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् ।

छोरी अचानक सम्र्पकविहिन बनेपछि परिवार र प्रहरीले कहीँ कतै देखे भेटेको खण्डमा ९८५७०४९३३३ मा सम्पर्क गरिदिन आग्रह गरेको छ । पूजा सम्र्पकमा नआएको खबर पाए लगत्तै प्रहरीले खोजीकार्यमा तिब्रता दिएको छ ।

कालापानी र लिपुलेक नेपालको भू–भाग भएकाले सरकारले फिर्ता ल्याएरै छाड्छ

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले कालापानी र लिपुलेक नेपालको भू–भाग भएकाले सरकारले फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ । आज यहाँ भएको सिस्नुपानी नेपालको प्रस्तुति करमैत्री यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले कूटनीतिक वार्ता र छलफलका माध्यमबाट कालापानी र लिपुलेक फिर्ता गरिनेछ भन्नुभयो ।

मन्त्री राईले करमैत्री वातावरण निर्माणका लागि वर्तमान सरकारले उद्योगी व्यवसायीसँग निरन्तर सहकार्य गर्दै आएको बताउँदै कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने त्यसको सदुपयोग गर्नु सरकारको दायित्व हो भन्नुभयो । कार्यक्रममा सिस्नुपानी नेपालको तर्फबाट हाँस्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नामे, शिशिर योगीलगायतले करको विषयसम्बन्धी विभिन्न व्यङ्ग्यात्मक रचना प्रस्तुत गर्नुभएको थियो । (रासस)

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार