काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि मुख खोलेको छ । धेरैदिन मौन बसेको चीनले बिज्ञप्ति निकाल्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गर्दै चीन सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताएको छ। जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् ।’ विज्ञप्तिमा केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख समेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘ केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं। यस्ता आरोप आधारहीन छन्।

उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’ विज्ञप्तिमा वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको समेत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ ।’

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार २८ कार्तिक, २०७६