इटहरी : भारतले दार्चुलाको नेपाली भूमि मिचेको भन्दै इटहरीमा विरोध भएको छ । नागरिक समाजको इटहरीको अगुवाईमा दर्जनौं संघसंस्थाका प्रतिनिधिले बिहीबार बिहानै मुख्य राजमार्गमा पुगेर विरोध जनाएका हुन् ।

विरोध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्नुपर्ने बताए । त्यस्तै, नागरिक समाजका पूर्वअध्यक्ष कमलेश शर्मा पौडेलले भारतले असल छिमेकी व्यवहार प्रस्तुत नगर्दा सामान्य नागरिकलाई समस्या भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार २८ कार्तिक, २०७६