काठमाडौं । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको ध्यानकर्षण भएको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमान्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले नया देल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागी कुटनीतिक पहल अगाडि बढाएका छन् । साथै समितिको ८ सदस्य प्रतिनीध मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त समस्या समाधानका लागि भारती विदेश मन्त्रालयमा कूटनैतिक पहल गर्ने ज्ञापन पत्र पनि बुझाएको छ । दिल्लीस्थित नेपाली दूतावासको माध्यमबाट र नेपाल सरकारको पहलमा कूटनैतिक ढङ्गले यो समस्याको समाधान खोज्न समितिले आग्रह गरेको छ ।

नेपालको भूमि कुनै पनि ढङ्गले अतिक्रमण गर्ने कार्य आफ्नो लागि अस्विकार्य रहेको समितिले जनाएको छ । सबैको साथ पाउँदा पनि भूमि अतिक्रमणका विषयमा प्रधानमन्त्री मौन बस्नुको कारण देश र प्रवासमा रहेका लाखौँ नेपालीले जान्न चाहेको समितिको ठहर छ । नेपाली जनताको भावनाको सम्मान गर्दै अभिलम्ब कूटनीतिक पहल शुरु गर्न समितिले जोडदार माग गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार