काठमाडौं । सीमा विवादलाई लिएर अहिले नेपालमा आन्दोलन चर्कदै गएको छ । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो तिर पारेर नक्सा जारी गरेपछि ठाउँ–ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतको नयाँ नक्सा पनि आक्रोशित नेपालीहरुले खरानी बनाइदिएका छन् । यो सँगै उत्तरी छिमेकी चीनले पनि नेपाली भुभाग मिचेको खुल्न आएको छ । नेपालको भूमि अतिक्रमण भएको भन्दै अहिले चीनविरुद्धको विरोध प्रदर्शन पनि तिव्र पारिएको छ ।

भारतले नेपालको भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको खुल्न आएको छ । देशभर नै युवाहरुले चीनविरुद्धको प्रदर्शन तीव्र बनाएका छन् । आज स्थानीय युवाहरुले कपिलवस्तुमा विरोध प्रदर्शनसँगै चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको बताएका छन् । चीनले नेपाली भूमि मिचेको विरोधमा केही दिन यता बर्दिया, सप्तरी, सर्लाही लगायतका जिल्लामा चीन विरोधी प्रदर्शन भइरहेको छ । एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन हडपेको । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार