काठमाडौं । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुभाग परेपछि भारतको विरोध हुँदै आइरहेको छ । भारतले विवादित मान्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालसँग कुरै नगरी आफ्नो नक्सामा राखेपछि नेपालमा विरोध सुरु भएको हो । नेपाल सरकारले पनि भारतीय यस रवैयाको खुलेरै आलोचना गरेको छ ।

नेपाल भारतको प्रतिवाद गर्ने तयारीमा रहेको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताउनु भएको छ । आज बिहान भएको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भूभाग फिर्ता गराउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने तयारी भइरहेको जानकारी दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन पनि गरेको छ ।

जानकारी अनुसार अमृत बोहोरालाई अनुशासन आयोग, डा पुष्प कँडेललाई लेखा परीक्षण आयोग र केशव बडाललाई केन्द्रीय सल्लाहकार परिषदको प्रमुख बनाएको छ । त्यैगरी विष्णुपुकार श्रेष्ठलाई निर्वाचन समितिको प्रमुखको जिम्मेवारी दिइएको छ । आज पनि नेपालमा भारत विरुद्ध आन्दोलन चर्कदै गएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • सोमबार २५ कार्तिक, २०७६