काठमाडौं । कालापानी, लिपुलेक फिर्ता माग्दै हिडेका युवाहरुमाथि प्रहरीले हातपात गरेको छ । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली जमिन परेपछि नेपालमा भारत विरोधी स्वरहरु एकपछि अर्को गर्दै बढीरहेको छ । भारतले नेपालसँग सल्लाह नै नगरी एकतर्फि रुपमा नक्सा जारी गरेपछि नेपाल सरकारले पनि विरोध जनाएको छ ।

शसक्त प्रतिवाद गर्न नेपालका सम्पुर्ण राजनीतिक दलहरु एक ठाउँमा आएका छन् । विद्यार्थी संगठनहरुले भारतीय दुतावास, लैनचौर, माइतीघर , बानेश्वरसँगै देशै भरी चर्को रुपमा विरोध गरिरहेका छन् । आज काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तनाब उत्पन्न भएको हो ।

भारतको नयाँ नक्सा ज’लाउनुका साथै नेपालीहरुले नरेन्द्र मोदीको पुत्ला द’हन पनि गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो गुमेको भुभाग फिर्ता माग्दा पनि बल प्रयोग गरिएको भन्दै प्रहरीको आलोचना भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार