काठमाडौं । लामो समय देखि आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउँदै आएका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले कु’टाई खाएका छन् । अज्ञात समूहको कु’टाईबाट घाईते भएका शाहीलाई थप उपचारका लागि चितवानबाट काठमाडौंमा ल्याइएको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भीर देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं ल्याएको प्रहरीले जानकारी दिएको छ । शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कु’टेका थिए । प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबस भित्र नै उनीमाथी रामधुलाई हुँदा घाइते भएका थिए ।

उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो’ट लागेको छ । ढुंगा प्र’हारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ । घटनामा संलग्न भएको आशंकामा एकजना प’क्राउ पनि परेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शनिवार ११ असोज, २०७६