टर्कीको अडाना प्रान्तको अंकारामा सडक किनारामा थापिएको ब’म बुधबार वि’स्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस ब’म आक्र’मणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको वि’स्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताउनुभयो । घाइते भएका अरु चार जना बाटोमा हिँड्ने पैदल यात्रु रहेको गभर्नर डेमिर्टासले जानकारी दिनुभयो । टर्किस सञ्चार माध्यमले बसमा क्षति पुगेको तस्वीर सार्वजनिक गरेका छन् । गभर्नर डेमिर्टासले ब’म वि’स्फोटन गराउने समूहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

टर्कीमा सन् २०१५ र २०१६ मा शृंखलाबद्ध ब’म आ’क्रमण भएका थिए जसका कारण सयौं व्यक्ति मारिएका थिए । यी आक्र’मणहरु अतिवादी इस्लामिक स्टेट्स समूह र कुर्दिस विद्रो’ही समूहले गरेको आरोप लाग्दै आएको छ । एएफपी

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार