काठमाडौ । अन्तत अभियान्ताको नाममा चर्चा कमाएका ज्ञानेन्द्र शाहीलाईलाई प्रहरीले प्रक्राउ गरेको छ । हिजो धनगढीमा पयर्टनमन्त्री योगश भट्टराईले बुद्ध एयरको विमान एक घण्टा कुराएको बिषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीमाथि अभद्र व्यबहार गरेको आरोपमा उनलाई प्रक्राउ गरेको हो ।

आज दिँउसो कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित र शाहीबीच चर्काचर्की परेपछि भएको सुरक्षा दिन गएका प्रहरीमाथि अभद्र व्यबहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले उनीबिरुद्ध पक्राउ पुर्जी थमाएर अभद्र व्यबहार मुद्धामा अनुसन्धानका लागि प्रक्राउ गरेको हो ।

हाल प्रहरी हिरासतमा रहेका नेपालका लागि नेपाली अभियानका अभियान्ता समेत रहेका शाहीले सम्मेलनकै क्रममा पनि प्रहरी किन यहाँ भन्दै प्रश्न गरेका थिए । सम्मेलनकै क्रममा उपस्थितहरुले सोधेको प्रश्नको जवाफ शाहीले नदिएपछि हात हालाहालको अवस्था सृजना भएको थियो । जहाँबाट शाहीलाई प्रहरीले उद्धार गरेको थियो ।

यता प्रहरीले शाहीमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ को ९(क) १ को घ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा लगाउने तयारी पनि गरिरहेको छ । यदि उक्त मुद्धामा दोषी ठहरिएको खण्डमा १० देखि २० बर्षसम्म कैद र सबै सम्पत्ति जफत हुने सम्मको व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • सोमबार ३० भदौ, २०७६