पोखरा २६ भदौ- १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ ।

नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपाल र मलेसियाबीच रोजगारी खुला गर्ने सहमति भएका छन् त्यसैले नयाँ कामदार जान बाटो खुलेको छ ।

बलिउड अभिनेत्री सनि लियोनी नेपालमा ! (भिडियोसहित)

बलिउड अभिनेत्री सन्नी लियोनी आज नेपाल आउदै छन् । नेपाली चलचित्र “पासवर्ड”मा आइटम डान्सरका रुपमा अभिनय गरेकी सन्नी उक्त चलचित्रको प्रिमियर शो का लागि आज नेपाल आउन लागेकी हुन् !

सन्नी आज दिँउसो नेपाल आइपुग्ने कार्यक्रम रहेको चलचित्रका प्रेस संयोजक दिनेश सिटौलाले जानकारी दिए। सिटौलाका अनुसार बिहीबार साँझ काठमाडौंको कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो मा सन्नी लियोनी उपस्थित हुनेछिन्।

सम्राट बस्नेतको निर्देशन तथा विक्रमदास जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा २ करोड पारिश्रमिक लिएर सन्नीले अभिनय गरेकी हुन्

अधिकांश दृष्य नेपाल र लण्डनमा छायाँकन गरिएको फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, प्रविन खतिवडालगायतको अभिनय छ।

हेर्नुहोस् भिडियो…

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार