काठमाडौ । नेपालमा अहिले सामूहीक करणीका घटनाहरु दिनदिनै बढ्दै गइरहेका छन । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा १९ वर्षीया किशोरीलाई नजिकैको उखुबारीमा लगेर १० जनाको समूहले सामूहीक करणी गरेका छन । सधैँजसो आफ्नो कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहीक करणी गरेको छ ।

आफ्ना एक जना सहकर्मी साथीसंग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे सो घटना भएको हो । उक्त युवकले मोटरसाइकल रोकेर फोनमा कुरा गरिरहेका वेला युवक समातेर नियन्त्रणमा लिएको र कशोरीलाई नजिकै उखुबारीमा लगेर सामूहीक करणी गरेको प्रहरीले जनाएको छ । सामूहीक करणी गरेपछि सबै जना सामूहीक करणीकर्ता त्यहाँ बाट भागेका थिए ।

घटनास्थल भारतको सीमा नजिकै रहेको छ । घटना भएको लगभग एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारीमा उजुरी दिन पुगेका थिए । प्रहरीले उजुरीलगत्तै किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेका छ र आझै एकजना भने फरार रहेको र अहिले प्रहरील उतm फरार रहेकोलाइ खोजी रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताउनु भएको छ ।

इन्स्पेक्टर श्रीमलले घटनास्थल भित्री सडकखण्डको एकान्तमा परे पनि समयमै सूचना पाएकाले अभियुक्तहरूलाई छिटै पक्राउ गर्न सफल भएको बताउनु भयो। पीडित किशोरी अहिले खतरामुक्त रहेको र फरार रहेका एकजना अभियुक्तलाइ पनि प्रहरीले उम्किन नदिने उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार