हेटौडा । उच्च सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्त टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार तथा उक्त प्रकरणका अभियुक्त युवराज कँडेल र अभियुक्त अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धानका लागि अनुमति दिन माग गरेको छ । यसले रवि लामिछाने समुहलाई झ’ड्का लागेको छ ।

उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन हिँजै दर्ता भएको बुझिएको छ । उक्त निवेदन दर्ता भएको छ। सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च सरकारी वकिल कार्यालय, हेटौँडाले निवेदन दिएको उच्च अदालत हेटौँडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले प्रमाणित गरे । निवेदनमाथि आज मंगलबार सुनुवाई हुने भएको छ।

यसअघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूहरुको शालिकराम मृत्यु प्रकरणमा कुनै सहभागीता नरहेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध निवदेन दर्ता गराएका थिए। पुडासैनीको मृत्यु प्रकरणमा अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनको आदेशबाट रिहा भएका हुन्।

उनीहरू ११ दिन हिरासतमा रहेर भदौ ९ गते रवि पाँच लाख र युवराज तीन लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन्। अस्मिता भने साधारण तारेखमा छुटेकी हुन्। आज उच्च सरकारी वकिलको कार्यालयले नै थु’नामा राख्न माग गरेका कारण अदालतले अनुमती दिएमा रवि लामिछानेको समुह फेरी पक्राउ पर्नेछ । र थु’नामा राखेर फेरी अनुशन्धान हुनेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • मङ्गलबार २४ भदौ, २०७६