काठमाडौँ । करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका रुकुमका कृष्णओलीको दुवै हात जोडिएको छ । केही समय अघि कृष्ण ओली र उनकी श्रीमती रुपा ओली कृष्णको हात हाल्नको लागि नै मुम्बई गएका थिए । २०१९ को जनवरी १ अघि प्राय आफ्नै गाउँ घरमा बाहेक अरूले विरलै चिन्ने नाम थियो कृष्णओली । इलेक्ट्रिक सबइन्जिनियर पढेका रुकुम सिम्लिका कृष्णओलीलाई २०७५ को जेठ २५ मा विद्युतीय काम गर्दा दाङमा करेन्ट लाग्यो ।

जेठ देखि पौषसम्म कृष्ण ओलीसँग रुने रुपा र कृष्णकी आमा मात्रै थिइन । तर २०१९ को जनवरी १ मा पश्चिम रुकुम सानीभेरी ११ का समाजसेवी ऋषिराम खड्काले पहिलोपटक सिधान्युज डटकममा कृष्ण ओली र रुपा मगर ओलीको बारेमा समाचार लेखेपछि कृष्ण ओलीसँग सिंगै देश रोयो सहयोगीहरुको ओइरो लाग्यो र उनले अहिले नयाँ जीवन पाए ।

उनको त्यो समाचार निक्कै भाईरल भयो । कलाकार तथा युट्युबर शिशिर भण्डारीलाई कृष्णको भिडियोको लागि पनि ऋषिराम खड्काले नै पटक-पटक अनुरोध गरेका थिए । डिसेम्बर २३ मा भिडियो खिचिएपनि शिशिरले भिडियो युट्युबमा अपलोड गरेनन, अन्तत: जनवरी १ को सिधान्युजको समाचार भाईरल भएपछि जनवरी ६ मा उक्त भिडियो अपलोड गरियो र झनै भाइरल भयो त्यसपछी नेपालका अधिकांश मिडिया, सेलिब्रेटी समाजसेवी सबैको ध्यान केन्द्रित भयो कृष्ण र रुपामा ।

कृष्ण रुपाको जीवनमा बिगत केहि महिना सोचेभन्दा फरक बन्यो देश विदेशबाट लाखौँ करोडौँ सहयोग आयो । अमेरिका स्थित नेपालीमुलका भुटानी इन्द्रप्रसाद ओलीको पहलमा ८२ लाख बढी सहयोग उठ्यो । नेपालमै खुट्टा राखेका कृष्ण आफ्नी श्रीमती रुपा मगर ओली सँग अहिले मुम्बईमा छन । र यहि अगस्त १४ गते कृष्णको जन्मदिन पारेर कृष्णको हात राखेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार