एडिस नामक लामखुट्टेको पोथीले टोकेपछि लाग्ने डेंगुको असर देशका धेरै जिल्लाहरुमा देखा पर्न थालेको छ । पछिल्लो समय नेपालमा तिव्र रुपमा फैलदैं गएको डेंगुले मन्त्री देखि सर्वसाधारण कसैलाई बाँकी राखेको छैन् । केही दिन पहिले कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगुको संक्रमण देखिएको थियो ।

मन्त्रीमाथि डेंगु देखिएपछि सरकारले यसलाई नियन्त्रण गर्नको लागि तदारुकता पनि देखाएको छ । यो बीचमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीमाथि पनि डेंगुको संक्रमण देखिएको छ । गण्डकी प्रदेशका सांसद दवाडी तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन् ।

ज्वरो आउनेलगायत लक्षण देखिएपछि अस्पताल आएको उनको परिवारले जानकारी दिएको छ । चेकजाँचपछि डेंगुको संक्रमण भएको खुल्न आएको हो । तीन दिनदेखि अस्पतालमै उपचार गराइरहेको दवाडीकी पत्नी कविताले जानकारी दिइन् । अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने अस्पतालले जानकारी दिएको छ । दवाडी गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (क) बाट विजयी सांसद हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार