काठमाडौं । यस पृथ्वीमा मान्छेहरु अरु भन्दा केही फरक गर्ने इच्छा राख्छन् । कसै कसैको इच्छा देख्दा अधिकांश मानिसहरु नै चकित पर्दछन् । यस्तै, एक घटना अमेरिकामा पनि घटेको छ । यहाँ फ्लाइटमा केही महिला बाथरूम जान पर्खेर बसेका छन् । त्यति बेलै एक जोडी बाथरूमबाट सँगै बाहिर आउँछन् ।

अमेरिकाका चर्चित भलिवल खेडाली स्टेफर्ड स्लिकले यो घटनाको भिडियो सार्वजनिक गरेका छन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । भिडियोमा देखिएअनुसार महिला र पुरुष दुवै जनाले एकै रङ्गका कपडा लगाएका छन् ।

उनीहरुले रातो पहिरनमा देखिएका छन् । यो त सामान्य कुरा हो किन चर्चामा आए भन्ने प्रश्न उठ्न सक्छ । भएको के भने यी दुई जना एकै बाथरुमबाट निक्लेका हुन् । स्टेफर्डले घटना कहिलेको हो र कुन फ्लाइटको हो भन्नेबारे केही पनि खुलाएका छैनन् । इन्स्टाग्राममा उनले भिडियो सार्वजनिक गर्दै पहिलोपटक फ्लाइटमा जोडी नै एकैपटक बाथरूमबाट बाहिर आएको देखेको भन्दै आश्चर्य प्रकट गरेका छन् । बाथरूमबाट त्यो जोडी बाहिर निस्कदा भने कसैले केही भनेनन् ।

यो सायद विश्वमा विरलै मात्र देखिने दृश्य हो । किनकी हरेक विमानमा महिला र पुरुषका लागि छुट्टाछुट्टै वाथरुम हुन्छ । एउटै वाथरुममा त्यो पनि स्वस्थ र नौजवान जोडी किन पस्यो होला विश्भरीका मानिसले अनेकौँ अड्कालवाजी गरेर कमेण्ट र सेयर गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार