काठमाडौ । नेताहरुका लागि चुनावी नारा भएको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनसक्ने अवस्था छैन । समय समयमा ठकेदार भाग्ने भएका कारणले पनि समस्या उत्पन्न भइरहेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको खबर आएको छ ।

मेलम्चीको अम्बास्थानमा आन्दोलनकारीले प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । काफ्लेका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुङगा मुढा गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका छन् ।

त्यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर र एक दर्जनभन्दा बढी राउण्ड अश्रुग्यास प्रयोग गरेको बताएको छ । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधन लगायतमा आ,क्रमण गर्दै क्षति पुर्याउन थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको दावी गरेको प्रहरीले दावा गरेको छ । मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला, लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको जनाएको छ । भुक्तानी नपाएकाहरुले मेलम्ची खानेपानी आयोजना पीडित सङघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आइरहेका छन् । स्थानीयका विरोधका कारण चिनियाँ कम्पनीले काम थाल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • बिहिबार १९ भदौ, २०७६