टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन् ।

लामिछानेसँगै शालिकराम मृत्यु प्रकरणमा मुछिएका अर्का अभियुक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले पनि चितवन अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेका हुन् ।

उच्च अदालत पाटको हेटौंडा इजलाशका प्रवक्ता अमृत घिमिरेले रवि र कँडेलका तर्फबाट चितवन जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पुनरावलोकन रिट निवेदन दर्ता भएको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार