हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकीँदै गर्दा तीजको चहलपहल बढेको छ । चोक-चोक गल्ली-गल्ली तथा गाउँ-टोलमा तीजका गीतहरू घन्की रहेका छन् । तर पछिल्लो समय तीजले आकार बढाउँदै गएको छ । अहिले तीजका कार्यक्रमहरू विद्यालयमा समेत हुन थालका छन् ।बझाङ जिल्लाको जयपृथवी नगरपालिका वडा नं. १ मा रहेको नारायण माविले यसपालिको तीज मनाएको छ ।

तीज नजिकीँदै गर्दा विद्यालयको प्राङगणमा नै तीजको गीतहरू घन्काएर विद्यार्थी, शिक्षकहरू मज्जाले छमछमी नाचेका छन् । भाद्र १२ गते शुक्रबारका दिन विद्यालयको पठनपाठन नै बन्द गरी विद्यालयका शिक्षक विद्यार्थीहरू ‘हामी पनि नाच्न पर्छ बिच बिचमा’ भन्ने बाेलकाे गीतमा नाचिरहेका थिए । कहिले बन्द, कहिले हिउँदे बिदा त कहिले बर्खे बिदा, दशैं-तिहार बिदा र अन्य बिदा दिँदै यस विद्यालयले विभिन्न बहानामा पढाइलाई आलटाल गर्दै आएकै छ ।

महिलाहरूको हरितालिका तीजका लागि सरकारले एक दिन बिदा नै घोषणा गरेको छ । तर यहाँ विद्यालयमा नै तीजका गीतहरू घन्कन थालेपछी अध्ययन गर्ने स्थानमा पनि तीजकाे नशाले छाेएकाे छ । बिदाको दिन वा विद्यालयको पठनपाठनको समय पछि दर खाने तथा तिजका कार्यक्रम मनाउन पाउने भएपनी पठनपाठनको समयमा यस्तो कार्य गर्न पाइदैन् ।

विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्नुपर्ने शैक्षिक कार्यविधि २०७४ ले निर्धारण गरेको छ तर विद्यालय हाता भित्र उस्छृंगल किसिमका गतिविधि अर्थात् गीत सङ्गीत बजाउने, गाउन भने बन्देज गरेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार