काठमान्डाैँ ११ भदाै- काठमाडौंको जोरपाटी स्थित नयाँ बस्तीमा रहेको एउटा सानो कोठा । एउटा सानो बालक जसको शरिरमा हड्डी र छाला मात्र बेरिएको अवस्थाका छन् ।

उनको पेटमा दुईवटा पाइप लगाइएको छ । उनको छेउमा बसेकी एक महिला छिन् ति महिला बालकको आफन्त हुन् । बालक विरामी भएर अस्पतालमा उपचारका लागि ल्याएको यि महिलाले अस्पतालका कारण झन दुख पाइन् । आफ्नो आँखा अगाडी आफन्तको विग्रदो अवस्था देखेर झन उनको मन जतिबेला पनि भक्कानिन्छ ।

३ महिना नपुग्दै आमाले छोडेर अर्केसंग विवाह गरिन् । बुवा पनि बिरामी छन् । बुवालाई टिवी भएको छ । उनी फुपुको सहारामा काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचारार्थ छन् ।

१४ वर्षका बुद्ध तामागं उनले जन्मने बित्तिकै आमाको काख पनि पाएनन् । ३ महिना नपुग्दै आमाले छोडेर अर्केसंग विवाह गरिन् । बुवा पनि बिरामी छन् । बुवालाई टिवी भएको छ । उनी फुपुको सहारामा काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचारार्थ छन् । भाई विद्यालय गएको बेलामा साइकलवाट लडेर घाइते भएपछि उपचारका लागि विराटनगरको अस्पताल लिएर गए ।

शल्यकृयाका लागि ४५ हजार लाग्ने बताए । फियोको शल्यकृया गर्ने भनेर सुरु गरेको बताएका चिकित्सकले पेट चिरिसकेपछि भुडी नै फुटेको रहेछ भनेर बताए

अस्पताल लगेको ३ दिन पछि चिकित्सकले फियोमा चोट लागेका कारण शल्यकृया गर्नुपर्ने बताए । शल्यकृयाका लागि ४५ हजार लाग्ने बताए । फियोको शल्यकृया गर्ने भनेर सुरु गरेको बताएका चिकित्सकले पेट चिरिसकेपछि भुडी नै फुटेको रहेछ भनेर बताए । आफन्तको शंका छ चिकित्सकले शल्यकृया गर्दा लापरवाही गरेका कारण भुडी फुटेको हुनसक्छ ।

शल्यकृया पछि उनको घाउ सिलाएर ८ दिन सम्म आइसियुमा राखेर बाहिर राखेको दुई दिन पछि घाउवाट दिसा निस्कन थाल्यो । फेरी शल्यकृया गरेर हेर्दा आन्द्रा नै फुटेको देखियो । फियो, कलेजो र ठुलो र सानो आन्द्रा सबैमा चोट लागेको भनेर फेरी विराटनगरको अस्पतालले भनेपछि विवाद भयो ।

विराटनगरमा त्यती धेरै दिन राख्दा सम्म केही नभनेका चिकित्सकले अन्तीम अवस्थामा आएर यहाँ बचाउन सकिदैन काठमाडौं लैजानु भनेपछि अहिले शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ राखिएका छन् ।

पेटमा रहेको एक आन्द्रा जसलाई स्थानिय भाषामा तिते आन्द्रा लगेर ठुलो आन्द्रामा जोडिदिएका कारण यस्तो भएको आफन्तको भनाई छ । सिकारु चिकित्सकले शल्यकृया गरेका कारण यस्तो भएको उनको भनाई छ । विराटनगरमा त्यती धेरै दिन राख्दा सम्म केही नभनेका चिकित्सकले अन्तीम अवस्थामा आएर यहाँ बचाउन सकिदैन काठमाडौं लैजानु भनेपछि अहिले शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ राखिएका छन् ।

विराटनगर स्थित नोवेल अस्पतालका चिकित्सकको लापरवाहीका कारण १४ वर्षका बालकको अवस्था निकै दयनिय भएको छ । आमा नभएको र बाबु पनि अस्वस्थ्य रहेका यि बालकको उपचारका लागि पैसाको पनि अभाव छ ।

हेर्नुहाेस् भिडियाेः

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार