काठमाडौं । आज बिहानै सडक दुर्घटना भएको छ । नारायणगढबाट माडीका लागि छुटेको ना. ५ ख २१४० नम्बरको यात्रुबाहक बस भरतपुर ७ तेह्रसाल चोक नजिक दुर्घटनाग्रस्त हुँदा दुईजना घाईते भएका छन् । घाईते मध्ये बसका चालक माडी ८ का सुरेश खातीको अवस्था गम्भिर रहेको र उनको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको चितवन प्रहरीले जनाएको छ ।

घाईते यात्रु भरतपुर १८ कि मायाँ तामाडको अवस्था सामान्य रहेको जनाईएको छ । सडक छेउमा रोकिराखेको ना. ५० प ४४४२ नम्बरको मोटरसाईकललाई बसले अचानक ठ’क्कर दिँदा सो दुर्घटना भएको थियो । बस के कारणले अनियन्त्रित भयो भन्ने चाहिँ खुल्न सकेको छैन । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार

कुखुराको मासुको मूल्य घट्यो
  • शुक्रबार १३ भदौ, २०७६