प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगे । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो ।

हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो ।

उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए । त्यसैबिच एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् । भिडियो हेर्नुस :

पेट्रोल र डिजेलमा लाग्ने कर बढ्यो ! अब पहिला भन्दा पेट्रोल र डिजेल यति रुपैंयाले महँगो हुने

काठमाडौँ – विभिन्न सडकहरुको आवधिक मर्मत तथा स्तरोन्नतिको लागि सरकारले पेट्रोल र डिजेलमा थप शुल्क लिने भएको छ। बजेट अभाव हुन नदिनको लागि सरकारले पेट्रोल र डिजेलमा प्रति लिटर थप १ रुपैया शुल्क लिने भएको हो।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस बारे जानकारी गराएका हुन्। यस्तै सरकारले विभिन्न सडकहरुको आवधिक मर्मत तथा पुनर्स्थापनाको लागि सडक बोर्ड मार्फत खर्च गर्ने गरी ८ अर्ब विनियोजन गरेको छ।

सडक पूर्वाधार विकासका लागि ४ अर्ब ४५ करोड विनियोजन गरिएको छ। राजमार्ग र ठूला सडकको मर्मतसाभारको लागि दिगो श्रोत सुनिश्चित गर्न सडक प्रयोग कर्ताबाट शुल्क लिने नीति सरकारले अवलम्बन गर्ने भएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार