रबी लामिछाने राजनीतिमा पनि आउन सक्ने संकेत देखाएसँगै पत्रकार खेम भण्डारीले रविलाई चुनावमा आँफुलाई जितेर देखाउन चुनौती दिएका छन् ।

काठमान्डाैँ १० भदाै – नेपाली चर्चित संचारकर्मी रवि लामिछानेले हिरासतबाट धरौटिमा रिहा भए लगत्तै चितवनका आफ्ना सर्मथक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै आँफु राजनीतिमा पनि आउन सक्ने संकेत देखाएसँगै पत्रकार खेम भण्डारीले रविलाई चुनावमा आँफुलाई जितेर देखाउन चुनौती दिएका छन् ।

भण्डारीले रविलाई ठाडै चुनौती दिँदै कन्चनपुरका पत्रकार भण्डारीले आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न चुनौती दिएका हुन् । महेन्द्रनगरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’ का सम्पादक समेत रहेका भण्डारीले फेसबुकमा लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै..

उनकाे स्टाटस्मा याे पनि छ- देशको ऐतिहासिक परिवर्तनका खातिर १४ बर्ष जेल जीवन बिताएका समाननिय प्रधानमन्त्री ज्यु सित आत्महत्या दुरुत्साहनको आरोपमा १० दिन प्रहरीले अनुसन्धान गर्दै आत्तिएर सडकमा फोहोर को डङुर भराउने शीत दाज्दा सुहाउँदो कुरा हैन ताली गाली लाली दीर्घकालिन हुन सक्दैन तोडे फोडे खाए पिए हिडे । रवि राम्रो सभ्य भएता पनि सडकमा प्रयोग सब्द सहित फोहोर देखियो ।

रवि लामिछानेले राजनीति गर्ने मुड बनाएछन् । देश बनाउनु छ भने राजनीति नै गर्नुपर्छ । लौ रविजी आउनुस १ आगामी निर्वाचनमा सुदूरपश्चिमको कुनै पनि निर्वाचन क्षेत्रबाट मसँग भिडेर हेर्नुस् !

खेम भण्डारीलेलेखेका केही स्टाट्सः

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार