रविलाई हिरासतमै राख्ने भनेपछि सर्वसाधारण भड्किएर उत्तेजित हुँदा, भरतपुरमा रवि समर्थित प्रदर्शनकारीमाथि लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार भएकाे छ।

चितवन ८ भदाै- रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय अगाडि भइरहेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । केहीबेर अघि भीडलाई तितरवितर बनाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

रविका समर्थकले ‘रवी दाइ हाय हाय’ ‘रवि कसको जनताको’ ‘हाम्रो देश हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै सर्वसाधारणले जुलुस प्रदशन गरेका छन् ।

अहिले भीड घट्दै गएको छ ।रविको रिहाइ नभएको भन्दै सर्वसाधारण भड्किएर उत्तेजित भएपछि प्रहरीलाई पनि भिड थाम्न हम्मे हम्मे भएको छ । रवी हिरासतमै भएदेखि सर्वसाधारणले हरेक दिन चितवनमा नाराजुलुस र प्रदशन गर्दै आएका छन् । रविका समर्थकले ‘रवी दाइ हाय हाय’ ‘रवि कसको जनताको’ ‘हाम्रो देश हाम्रो रवि प्राण भन्दा प्यारो छ’ भन्दै सर्वसाधारणले जुलुस प्रदशन गरेका छन् । रविलाई हिरासतमै राख्ने भनेपछि सर्वसाधारण भड्किएर उत्तेजित हुँदा, भरतपुरमा रवि समर्थित प्रदर्शनकारीमाथि लाठीचार्ज र दर्जनबढी अश्रुग्यास प्रहार भएकाे छ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै राखिने भएको छ ।

त्यस्तै पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज पनि हिरासतमै राखिने भएको छ । जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा आज अस्मिता कार्कीको बयान सकिएको छ । लामिछाने र कँडेलसँग भोली बिहान बयान लिइने भएको छ ।

उनीहरुलाई मुलुकी अप*राध संहिताको दफा १८५ अर्थात् दुरु*त्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।

रबी लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो । प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् दुरु*त्साहन गरेको आ*रोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।

याे पनि पढ्नुहाेस्ः
पुडासैनी प्रकरणमा जोडिएकी अस्मिता कार्कीको बयान चल्दै, थुनछेक बहस भोलि हुने

पत्रकार शालिकराम पुडासैनीलाई दुरुत्साहन गरेको अभियोगमा पक्रा परेका तीन जनावि*रुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको छ । अदालतमा अहिले अस्मिता कार्कीबाट बयान सुरु भएको थियो । न्यायधिश हेमन्त रावलको इजलासमा एक/एक जनाको पालैपालो बयान सुरु भएको हो ।

अस्मिताको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ । सरकारी वकिल कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मु*द्दा दर्ता गरेको छ।

प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो। यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई दुरू*त्साहन गरेको आ*रोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो।उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो। बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ। बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ। दुरु*त्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ। गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार